धनगढी : चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा प्रदेश सरकारले आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीको बिकास बिस्तार सहित सुदुरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा बिषेशज्ञ सेवा सञ्चालन गर्ने उल्लेख गरेको थियो । आयुर्वेदका बिशिस्टकृत सेवाहरु, पुर्वकर्म, पन्चकर्म यो तथा स्वस्थ जिवन सेवा बिस्तार संगै प्रदेश स्तरिय योग तथा प्राकृतीक चिकित्सा केन्द्रको स्थापनाका लागी प्रारम्भिक अध्यायन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । निति तथा कार्यक्रममा उल्लेख भए अनुसार सुदुरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयका सेवा बिस्तार हुन सकेका छैनन् । सेती अञ्चल आयुर्वेदिक औषधालयको दरबन्दीमा सञ्चालित चिकित्सालयले थप जनशक्तीनै पाउन सकेको छैन । चालु आर्थिक बर्षमा प्रदेश सरकारले चिकित्सालय मार्फत बिषेशज्ञ सेवा दिने उल्लेख गरेपनि नियमित बिषेशज्ञ सेवाका लागी बजेट सगैं जनशक्ती अभाव खड्कीएको छ । चिकित्सालय ब्यवस्थापन समितिको निकै पहल पछि सघं सरकार माथहत रहेका बाल रोग बिषेशज्ञ डा.राम कामेश्वर ठाकुरलाई काजमा चिकित्सालय ल्याउन सफल भएपछि केही बिषेशज्ञ सेवा शुरु भएका छन् । मेडिकल सुपरिटेन्डेन्टको रुपमा चिकित्सालय सम्हालेका डा.ठाकुरले प्रशासनिक सगैं उपचार सेवा दिदै आएका छन् । हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्सरे, पुर्वकर्म, पन्चकर्म, सिरोधारा, छारसुत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा चिकित्सालयले दिदै आएको छ । डा.ठाकुर सगैं ४ जना आयुर्वेद चिकित्सक यहाँ कार्यरत छन् । चिकित्सालयले निशुल्क औषधी वितरण गरिरहेको छ भने, चिकित्सालयमै जडिबुटी प्रसोधन गरी औषधी निर्माणका लागी मेशिन जडान भइरहेको छ ।
गत आर्थिक बर्षमा चिकित्सालयबाट २९ हजार ७ सय ४७ जनाले सेवा लिएका थिए भने, यो आर्थिक बर्षको चैत मसान्तसम्म १९ हजार ६ सय २९ जनाले सेवा लिएको चिकित्सालयका सुचना अधिकारी सुरेन्द्र शाहीले बताएका छन् । जेनतेन यत्तिको सेवा दिइरहेको आयुर्वेदिक चिकित्सालयको सेवा बिस्तारमा भने चुनौती छ । कर्मचारी देखी राजनितिक नेतृत्वमा आयुर्वेद क्षेत्रको बिकास तर्फ कुनै चासो नहुँदा चिकित्सालयले आवश्यक बजेट समेत पाउँदैन । चिकित्सालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राम कामेश्वर ठाकुरका अनुसार यो आर्थिक बर्षमा प्रदेश सरकारबाट २० लाख मात्रै पुंजिगत बजेट उपलब्ध भएको छ । प्रदेश सरकारकहाँ बिषेशज्ञ सहित ७२ जना जनशक्तीका लागी दरबन्दी माग गरेपनि २७ जनाको मात्रै स्वूकृत भएको थियो । म चिकित्सालयको नेतृत्वमा आएको धेरै भएको छैन पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले भने “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदुरपश्चिम पछाडी रहेको पाए, मैले चिकित्सालयलाई मात्रै होइन सुदुरपश्चिमको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसका लागी सुरुवात चिकित्सालयनै हो ।” जिल्लाहरुमा आयुर्वेदिक स्वास्थ्य संस्था मार्फत आयुर्वेदिक उपचार पद्धतीको बिकास र प्रचार प्रसार गर्ने अनी चिकित्सालयले उपचार सेवा दिने काम गर्नुपर्छ ठाकुरले भने “त्यो संगै चिकित्सालयमै आयुर्वेद चिकित्सक उत्पादन गर्ने गरी प्रतिस्ठानका रुपमा बिकास गर्न सके यहाँको आयुर्वेदिक बिकास हुने छ, यसका लागी प्रदेश सरकारले पर्याप्त बजेट दिनुपर्छ ।”
चिकित्सालयका सेवा प्रभावकारी बनाउन र थप सेवा सञ्चालन गर्न ब्यवस्थापन समिति सधैँ सक्रिय रहेको चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले बताए । चिकित्सालय स्थापना भएको धेरै भएको छैन यो बेला केही काम शुरु गर्न भ्याएका छौँ उनले भने “हामीले जती गर्नुपर्ने हो सकेनौँ, त्यसका लागी हाम्रो पहल जारीनै रह्यो, कर्मचारीको दरबन्दी स्वूकृत देखी बजेट माग्न जती धाएपनि हामीमाथी कर्मचारी र राजनितिक नेतृत्वबाट सौतेनी ब्यवहार भएको छ, नेतृत्वमा रहने कर्मचारी र मन्त्रीले आयुर्वेद क्षेत्रको नामै लिनुहुन्न, अन्तको बजेट सकिएपछि बल्ल आयुर्वेद तर्फ हेर्नुहुन्छ अनी देखिहाल्नुभयो तपाइहरुले हामीलाई आएको बजेट अनी कहाँबाट काम हुन्छ ।” सरकारले आयुर्वेदिक उपचार पद्धतीको बिकास गर्ने भन्छ तर बजेट औषधालय सञ्चालन सम्मपनि दिदैन, हामीले चिकित्सालय सञ्चालन गर्नुपरेको छ अध्यक्ष बिष्टले भने “हामीसंग भौतिक संरचना पर्याप्त छ, सेवा बिस्तारका लागी आवश्यक उपकरण र जनशक्ती छैन, बिदाको दिन अनी २४ सै घण्टा सेवा दिन सकिरहेका छैनौ, त्यसका लागी जनशक्ती छैन, केही बिषेशज्ञ चिकित्सक राख्न सके बल्ल उपचार सेवा प्रभावकारी हुन्थ्यो, फेरी त्यसका लागीपनि बजेटनै आवश्यक हुन्छ त्यस कारण नेतृत्वमा पुगेकाहरुले अलीकति मात्रै आयुर्वेदिक क्षेत्रका लागी सोचिदिने हो भने धेरै बिकास गर्न सकिन्थ्यो ।”
हामीले सुदुरपश्चिमकै जडिबुटी सकंलन गरेर त्यही जडिबुटीबाट औषधी निकाल्न सके एकातर्फ सहज औषधी आपुर्ती हुन्छ अर्को तर्फ यहाँका नागरिकले रोजगारीपनि पाउनुहुन्थो उनले भने “सबै क्षेत्रका बारेमा सदन देखी मन्त्रीपरिषद सम्म बुलन्द आवाज उठ्छ आयुर्वेद सम्बन्धी सदनमा अहिलेसम्म आवाज उठेको छैन, यो हाम्रो सम्पति हो यसको सरंक्षण र प्रबद्र्धन गर्न सके हामीलाइनै फाइदा पुग्थ्यो त्यस कारण यस पटकको बजेट आयुर्वेद क्षेत्रको जनशक्ती र उपकरणका लागी थपियो भने हामी केही हद सम्म सुधार ल्याउन सक्थ्यौँ ।”