धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा आमा सम्मान कार्यक्रम गरिएको छ। मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको सुअवसरमा पाठशालाले अभिभावक आमाहरुलाई सम्मान गर्दै आमाको अतुलनीय योगदानको उच्च कदरभाव प्रकट गर्दै सम्मान कार्यक्रम गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरिले सभाध्यक्षता ग्रहण गरेका थिए। उक्त कार्यक्रममा प्रेरक उपस्तिथिमा जेष्ठ आमाहरुको सहभागिता रहेको चैतन्य पाठशालाले जनाएको छ ।आमा सम्मान कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिँहले जीवनमा आमाको महिमा अपरम्पार र अतुलनीय रहेको बताए । प्रधानाध्यापक सिँहले मातृ देवो भव: पितृ देवो भव: आचार्य देवो भव: भन्ने भाव सम्प्रेषण गरेका थिए।
यसैगरी अभिभावक आमाले पनि पाशालाले गरेको सम्मानप्रति कृतज्ञता ज्ञापन गरेका थिए । कार्यक्रममा सम्पूर्ण उपस्थित आमाहरुलाई विद्यालयले मायाको चिनो प्रदान गरि उपस्थित आमाहरुलाई सम्मान गरेको थियो ।उक्त कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गरेकी थिइन्। कार्यक्रम समापन गर्दै कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरिले पनि पाठशालालाई धन्यवाद ज्ञापन गर्दै आमाको भूमिकाको बयान गर्न नसकिने कुरा र जननीलाई सन्ततिले भुल्न नहुने विचार राखेका थिए। कार्यक्रम सफलतापूर्वक समापन गरिएको थियो।

चैतन्य पाठशालामा “आमा सम्मान कार्यक्रम” सम्पन्न
चैतन्य पाठशालामा “आमा सम्मान कार्यक्रम” सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

