धनगढी :धनगढीबाट मोटरसाइकल चोर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोत नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र सोही ठाउँको १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला नजिकबाट मोटरसाइकल सहित उनिहरुलाई पक्राउ गरिएको बोहराले बताए । बैसाख १० गते घरमै पार्किङ गरेर राखेको उपमहानगरपालिका ४ बसपार्क बस्ने राम बहादुर शाहीको सु.प.प्र ०१०१० प २४६ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल चोरी भएकोमा ११ गते फाप्लाबाट बरामद भएको प्रहरीले जनाएको छ । यस्तै बैसाख १० गतेनै धनगढी उपमहानगरपालिका ३ का २२ बर्षिय निरज चौधरीको स्वस्तिक अस्पताल नजिकबाट हराएको सु.प.प्र ०१०१० प ७९७८ नम्बरको २०० सिसि एन एस पल्सरपनि फाप्ला नसजबकाट बरामद गरिएको छ । यस्तै बैसाख १० गतेनै धनगढी उपमहानगरपालिका ४ बस्ने राहुल ओझाको सु.प.प्र ०१००९ प ९५८४ नम्बरको ३५० सिसि रोयल ईन्फिल्ड बुलेट मोटरसाइकल ११ गते बसपार्कबाट बरामद गरिएको प्रहरी नायब उपरिक्षक बोहराले बताए ।
ती युवकहरु लाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर सर्वजनिक गरिएको हो । उनिहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।