धनगढी : सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरि लम्सालले सहज जिवनयापनका लागी आध्यात्मिक ज्ञान लिन आवश्यक रहेको बताएका छन् । ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीद्वारा आयोजित नयाँ बर्षको सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय मानिसमा नैतिकताको खडेरी संगै नैराश्यता बढेका कारण यसको निराकरण आध्यात्म बाट मात्रै सम्भव रहेको बताएका हुन् ।
हाम्रा नानी बाबुहरु नैतिकवान बन्न सकिरहेका छैनन्, लम्सालले भने “बिद्यालयबाटै आध्यात्मिक ज्ञान शुरु गर्नुपर्छ, मैले धनगढीका मेयर सापसंग आग्रह गरेको छु, अन्य सबै प्रदेशभरीका स्थानिय तह प्रमुखहरु लाइपनि आग्रह गर्ने छु, अब बिद्यालयमै आध्यात्मिक पढाई शुरु गर्नुपर्छ, तब मात्रै हाम्रा जिवनयापन, ब्यवहार परिवर्तन हुन्छन् ।” मैले त साथीहरुलाई भन्ने गरेको छु सकेसम्म दिनमा १ घण्टा राजयोगमा दिनुस, कर्मचारीहरुका लागी त तालिमनै शुरु गर्दैछौँ हामीहरु उनले भने “कर्मचारीहरुका बोली ब्यवहार देखी नैराश्यता कम गर्न आध्यात्मले ठुलो भुमिका खेल्छ, अहिले मानिसमा तनाव बढिरहेको छ, हामीलाई चाहिएको शान्ति हो, जस्तो सुकै अवस्थामा पनि खुशी र शान्ति मिल्ने वातावरण यो आध्यात्मले बनाउने छ, म ब्रम कुमारी ईश्वरिय बिश्वबिद्यालयलाई धन्यवाद दिन चाहान्छु, यसले धेरै मानिसको जिवन परिवर्तन गर्नमा ठुलो भुमिका खेलेको छ ।”
ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालय धनगढीकी सह सञ्चालिका दुर्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायत बिभिन्न ब्यक्तीहरुको सहभागिता थियो ।