लक्ष्मणलाई गरेको समर्थन समाजवादी द्वारा फिर्ता, सोडारी मुख्यमन्त्रीमा दावी पेस गर्ने
स्टेटसेभन संवाददाता
मङ्गलबार, बैशाख ०४, २०८१
मा प्रकाशित
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार एकीकृत समाजवादीका सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घ सोडारीले आफै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको एक नेताले बताए।