डोटी। डोटीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। डोटीको के.आई.सिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
के.आई.सिंह गाउँपालिका १ लोली स्थित जोगेनी बिकको २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडा बर्तन लगायतका सामान गरि अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए। उक्त आगलागीबाट मानबिय/चौपाया क्षती नभएको तथा आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।