धनगढी। सधैँका बर्ष सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक अभाव खेप्दै आएका बिद्यार्थी यस बर्ष समयमै पाठ्यपुस्तक पाउने भएका छन्। कच्चा पदार्थ अभाव,कम उत्पादन,मेनपावरको कमी,छपाईमा ढिलाई तथा ढुवानीको समस्या कारण पाठ्यपुस्तक नपाउने बिद्यार्थीहरु यस बर्ष समयमै पुस्तक पाउने जनक शिक्षा सामाग्री केन्द्र सुदुरपश्चिम प्रदेश कार्यालयले बताएको छ।
कार्यालय प्रमुख राम बहादुर कुँवरले गत बर्ष समयमै पाठ्यपुस्तक बितरण भएकोमा यसबर्ष पनी पुर्व तयारी गरेर अगाडी बढेकाले बिद्यार्थीले समयमै पुस्तक पाउने दाबी गरे । यस बर्ष केन्द्रमा प्रसस्त मात्रामा कच्चा पदार्थ रहेको,केन्द्रमा २ वटा ब्यान्डीन मेसिन थप गरिएको, गतबर्ष नै ३ वटा प्रन्टीङ मेसिन थप गरिएको र मेन पावर कमी नभएका कारण अभाव हुन नदिन पुर्ण रुपमा लागेकाले यस बर्ष समयमै पाठ्यपुस्तक पुग्नेमा ढुक्क रहेको कार्यालय प्रमुख राम बहादुर कुँवरले बताए ।
२४ घण्टा मेनपावर खटिएकोले दैनिक डेढ लाख पाठ्य पुस्तक उत्पादन हुने गरेको र देशैभरी ८ वटा क्षेत्रबाट पाठ्य पुस्तक बिक्रीबितरण गर्ने गरिएकामा यस बर्ष समयमै पाठ्यपुस्तक पुग्नेमा ढुक्क रहेको उनको दावी छ। दोस्रो लटमा ऐच्छिक बिषयहरु बितरण गर्ने बताए । यस्तै जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको छ। बाजुरा जिल्लाबाट बितरण सुरु गरेको छ। प्रादेशिक कार्यालय धनगढी प्रमुख कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो ।
जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए। चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो। जनक शिक्षा सामाग्री केन्द्रको धनगढीमा रहेको गोदाममा मङ्गलवारसम्म १५ लाख ३२ हजार एक सय ४८ थान किताब आपूर्ति गरिएको छ। जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले आज मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो । धनगढी केन्द्रबाट बाजुरा जिल्लालाइ आज मंगलबारबाटै किताब बिक्रीबितरण सुरु गरिएको छ ।
शैक्षिक सत्र २०८१ मा कैलाली जिल्लाका लागी ६ लाख १४ हजार ७ सय ९८, कञ्चनपुरका लागी २ लाख ८९ हजार १ सय ५७, डडेल्धुरामा १ लाख ३ हजार ३ सय १०,डोटी १ लाख ३७ हजार ६ सय ९२, बैतडीका लागी १ लाख ७८ हजार ३ सय ६० पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ । बैतडीमा १८ गते किताब पठाइनेछ । यस्तै अछाममा चैत १९ गते किताब पठाइने र अछाममा १ लाख ६५ हजार ८ सय ३१ थान किताब आवश्यक रहेको छ । बझाङ्गका लागी १ लाख ७७ हजार २ सय १५, दार्चुलामा चैत १५ र १६ गते किताब बिक्री गरिनेछ। दार्चुलाका लागी १ लाख २१ हजार १२ थान बिक्री गर्ने लक्ष्य राखिएको छ। र बाजुराका लागी १२ हजार ७८ हजार ६ थान बिक्री गर्ने लक्ष्य राखिएको छ ।
बाजुरा स्वामी कार्तिकखापर गाउँपालीकाका पुस्तक बिक्रता नरेश जंग शाहीले जनक शिक्षा सामाग्री केन्द्रले यसपाली समयमै पाठ्यपुस्तक उपलब्ध गराउँदा निकै सहज भएको बताए । उनले भने जनक शिक्षा सामाग्री केन्द्रले गरेकोमा एकदमै खुसी छु , किनभने यो भन्दा १०/१५ दिन मात्रै ढिला गरिदिएको भए बर्षात्मा पहाडी जिल्लामा ढुवानीको समस्या हुन्छ, बाटोघाटो बिग्रीन्छ उनले भने । प्रादेशिक कार्यालय धनगढीमा पनी किताव भएपनी लिन समस्या हुन्छ, यो पाला बर्षात अगाबै पाठ्यपुस्तक उपलब्ध गराउँदा हामी एकदमै खुसी छौँ । यस्तै बाजुराका टेक बहादुर थापा शैक्षिक शत्र आउनु भन्दा पहिला नै पाठ्यपुस्तक पाउने भएकाले हामी बिक्रेतालाई पनी निकै सहज हुने बताए । बझाङका पुस्तक बिक्रेता प्रयागराज धामीले बझाङका लागी चैत १७ गते पाउने भन्दै यसपटक समयमै पाठ्यपुस्तक पाउनेमा ढुक्क रहेको बताए । समयमै पाठ्यपुस्तक पाएमा कम झन्जट हुन्छ । उनले बझाङ लगेको ४,५ दिनमै पाठ्यपुस्तक बितरण गरिसक्ने बताए ।