धनगढी : सहरीकरण बढ्दै गएपछि दुर्गन्धित र फोहोरले दुषित बनेको धनगढी बिस्तारै सफा हुँदै छ । २०८९ को स्थानिय तह निर्वाचनपछि आएका जनप्रतिनिधीहरुले फोहोरमैला ब्यवस्थापन ऐन २०६८ को पालना गर्दै सफा र शुन्दर धनगढी बनाउने अभियान थालेपछि त्यसको प्रभाव देखिदै गएको छ । उपमहानगरको अभियानमा नगरबासीको सहभागिता बढ्दै छ । चाँडै धनगढी शुन्दर र सफा नगरी बन्नेमा नगरबासी बिश्वस्त छन् । आइतबार बिहानै उपमहानगरपालिकाका सरसफाई सहजकर्ता कमल ढाँटै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा माइकिङ गर्दै सरसफाई कार्यक्रममा सहभागी हुन र आफ्नो घर वरीपरी सधैँ सफा राख्न अपिल गरिरहेका थिए । करिब २० जना भन्दा बढी को सहभागिता रहेको सरसफाई कार्यक्रममा उनि माइकिङ गर्दै सरसफाइमा सहभागीताका लागी अजुरोध गरिरहेका थिए । नेपाल यातायात मजदुर संघको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा उनले सरसफाई गर्न र फोहोर जथाभावी फालेपछि हुने सजायका बारेमा समेत जानकारी दिदै आएका थिए । उनि मात्रै होइन धनगढी उपमहानगरपालिकामा ६ जना सरसफाई सहजकर्ता छन् ।उनिहरुले धनगढीको शहरी क्षेत्र १ देखी ८ नम्बर वडा र १३ नम्बर वडामा सरसफाई समिति गठन गरेका छन् । एक वडामा करिब ३० वटा सरसफाई समिति गठन गरेर उनिहरु प्रत्येक दिन सरसफाई अभियानमा जुटिरहन्छन् ।
उपमहानगरको स्वच्छ र सफा धनगढी बनाउने अभियानमा नगरबासीको साथ बढ्दै छ । उपमहानगरको टोल सरसफाई कार्यक्रममा टोलबासीको सहभागीता बढ्दो छ । उपमहानगरको अभियानमा सहभागी हुँदै नगरबासीहरु अब आफैबाट सुधार गर्नुपर्ने बताउँछन् । फोहोरमुक्त धनगढी बनाउन घरबाटै शुरुवात हुनुपर्नेमा नगरबासीको जोड छ । धनगढी उपमहानगरपालिकाले हाम्रो धनगढी सफा धनगढी अभियान बनाएर सबैका आँखा खोल्ने काम गरिरहेको छ, यो एकदमै सह्रानिय छ धनगढीका महेन्द्र खनालले भने “यो हामी नगरबासीले आफै गर्नुपर्ने काम हो तर उपमहानगरले अहिले चेतना दिएको छ, सरसफाई अभियानमा हामी सबैको सहभागिता बढ्नुपर्छ, त्यसै अनुरुप आज हामीपनि सरसफाइमा सहभागी छौँ, यसरीनै सरसफाई अभियान र सबै नगरबासी जागरुक बन्ने हो भने सफा र स्वच्छ धनगढी देख्न धेरै कुनु पर्दैन ।” धनगढीकै दर बहादुर बोहरापनि बिहानै झडु लिएर धनगढी बसपार्क क्षेत्रको सरसफाई कार्यक्रममा सहभागि थिए । उपमहानगरको यो कदममा हामी सधैँ सहभागी हुन्छौँ उनले भने “उपमहानगरले हामीलाई चेतना दिनुका साथै सरसफाई कार्यक्रम गरिरहेको छ, हामीले कार्यक्रम मात्रै कुर्नु हुँदैन, आफै सरसफाइमा जुट्नु पर्छ, एकथरीले सफा गर्ने अरुले फोहोर फाल्दै जाने होइन, सबैले फोहोर ब्यवस्थापन ऐन अनुसार फोहोरमैला ब्यवस्थापन गरे पक्कै सफा धनगढी हुने छ, र हाम्रो धनगढी बिश्वमै चिनिने छ ।”
धनगढी उपमहानगरपालिकाका सरसफाई सहजकर्ताहरु प्रत्येक दिन सरसफाई कार्यक्रममा सहभागी हुने र सरसफाई सम्बन्धी जनचेतना जगाउनुका साथै नियमको उल्लघंन भएको पाइएमा जरिवाना समेत भराउने गर्दछन् । उपमहानगरपालिकाले फोहोरमैला ब्यवस्थापन ऐन २०७४ बनाएर यसको कार्यान्वयन गरिरहेको धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए । यो ऐन धनगढीले मात्रै ल्याएको होइन संघिय सरकारले २०६४ सालमै बनाएको ऐन हो यसको कार्यान्वयनका लागी धनगढी उपमहानगरपालिकाले पनि २०७४ मा कार्यबिधि बनाएको थियो उनले भने “त्यसको कार्यान्वयन अहिले गरिरहेका छौँ, फोहोरमैला नगर्न अनुरोध गर्ने देखी त्यसको कार्यान्वयन नभए सजाय स्वरुप जरिवाना समेत गराउने गरिएको छ, सजाय स्वरुप पछिल्लो करिब २ बर्षे अवधीमा उपमहानगरको फोहोरमैला ब्यवस्थापन ऐन बिपरित फोहोर गर्ने तथा प्लास्टिक जन्य बस्तु बिक्रि वितरण गर्ने ३ सय जना कार्वाहीमा परिसकेका छन् ।” नियम बिपरित काम गर्नेहरुबाटै उपमहानगरले ३ लाख बढी राजश्व समेत उठाएको छ ।
फोहोरमैला ब्यवस्थापन ऐन बनाएर सफा र स्वच्छ धनगढी बनाउने अभियानले सार्थकता पाएकोधनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले बताइन् । बिगतको तुलनामा धेरै नागरिकमा फोहोर ब्यवस्थापन बारे चेतना जागेको उनको दावी छ । हाल फोहोरमैला ब्यवस्थापन सम्बन्धी नगरभित्रका बिद्यालयहरुमा समेत जनचेतनात्मक प्रशिक्षण समेत दिदै आएको उनले बताइन् । धनगढी उपमहानगरपालिकाले हाल नगरका ९ वटा वडाहरुबाट फोहोर संकलन गरी यसको बर्गिकरण गरेर बिक्रि गर्ने गरेको छ । यसका साथै बजार क्षेत्रको सार्वजनिक ठाउँहरुमा कुहिने र नकुहिने फोहोरको डस्टविनहरु समेत राखेको छ । यसले फोहोर ब्यवस्थापन बारे चेतना बढ्नुका साथै उपमहानगरको आन्तरिक आम्दानीपनि बढाएको छ ।