धनगढी :नेपाल यातायात मजदुर संगठन टेकंर इकाई कमिटि धनगढीले बिभिन्न समस्या सम्बोधनका लागी नेपाल आयल निगम सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुखलाई १४ बुँदे मागपत्र बुझाएको छ । टेकंर क्षेत्रका मजदुरले बिभिन्न समस्या भोगिरहेको भन्दै त्यसको समाधानका लागी संगठनले नेपाल आयल निगम सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख सत्तिस राज ओझालाई मागपत्र बुझाएको हो । संगठनले आयल निगमले लकिङ शुरु गरिसकेपछि समेत इन्धनको मात्रा घटबढको जिम्मा चालकलाई दिएर जरिवाना गर्ने परिपाटी अन्त्य गर्नुपर्ने, श्रम ऐन २०७४ अनुसार रोजगार सम्झौता गराई चालक तथा सह चालकलाई उचित पारिश्रमिक उपलब्ध गराइनुपर्ने, डिपोभित्र पार्किङ, रिफ्रेस सेन्टर, स्नानगृह तथा सौचालयको ब्यवस्था गर्न माग गरेको छ ।
यस्तै चालक सह चालकहरुलाई योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनु पर्ने, सडक दुर्घटनामा परी अनुसन्धानका लागी हिरासतमा भएका बेला कानुनी उपचारमा सहयोग गर्नुका साथै आश्रित परिवारलाई राहतको ब्यवस्था, भारतिय भुमिमा हुने चोरी, लुटपाटका घटना बारे गम्भिर भई मजदुरको शुरक्षाको ग्यारेन्टी र पिडितलाई न्याय दिन सहजीकरणका साथै उचित राहत उपलब्ध गराइनुपर्ने संगठनले माग राखेको छ । पेट्रोलियम पदार्थ डुवानी बिनियमावली २०७३ को दफा ४ को उपदफा ३, दफा १४ को उपदफा २ दफा १५ को उपदफा खारेज गरी पुरानै दफा कायम गरिनुपर्ने, आयल निगमको मिडलेवल टेम्प्रेचर मापन बिधि र सामग्री बैज्ञानिक बनाइनुपर्ने, नेपाल आयल निगमको परिचयपत्रका आधारमा भारतिय आयल डिपो प्रवेश पाउनुपर्ने, भारतिय डिपोमा टेकंर लोड हुनासाथ चलानी तथा भन्सार प्रयोजन कागजात तत्काल उपलब्ध गराउने ब्यवस्था हुनुपर्ने लगायत माग टेकंर इकाई कमिटि धनगढीले राखेको छ ।
यस्तै आयल निगमले एक डिपोबाट अर्को डिपोमा स्टक ट्रान्फर गरेर पेट्रोलियम पदार्थ पठाउँदा सबै डिपोमा एसडी भएका टेकंर टेम्प्रेचर चेक गरी प्राप्त हुने वर्किङ लस दिने ब्यवस्था गरिनुपर्ने, आयल निगमबाट बिक्रेतासम्म इन्धन लैजादा टेम्प्रेचर दिने ब्यवस्था गरिनुपर्ने, सबै इन्धन डिपोमा आवश्यक्ता र क्षमताका आधारमा ल्फो लोड गराउने ब्यवस्था हुनुपर्ने माग राखिएको छ । यसका साथै भारतिय आयल डिपोमा टेकंर लोड गर्दा ल्फो मिटरबाट अकं बराबर इन्धन नआउने र ४० देखी ५० लिटर सम्म इन्धन कम आउने गरेकाले भारतका डिपोमा नेपाल आयल निगमको प्रतिनिधीको उपस्थितीमा इन्धन लोड गर्ने ब्यवस्था मिलाउनुपर्ने संगठनले माग राखेको छ । मागपत्र बुझाउँदै नेपाल यातायात मजदुर संगठन टेकंर इकाई कमिटि धनगढीले माग तत्काल सम्बोधन नभए बिरोधका कार्यक्रम सहित आन्दोलनमा जाने चेतावनी दिएको छ ।