कञ्चनपुर। कञ्चनपुरमा गाँजासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको वेदकोट नगरपालिका-१० दैजीबाट ६.६५ ग्राम गाँजासहित सोही ठाँउ बस्ने २५ वर्षीय सन्तोस खड्कासहित दुईजनालाई आईतवार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट गाँजा फेला पारी दुबैलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।