कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरका मेयर हेमराज ओझाले बार्गेनिङ्गका लागि समाचार लेख्ने पत्रकारलाई पत्रकार महासंघले सोधपुछ गर्नु पर्दैन भनेर प्रश्न गरेका छन । सामाजिक संजाल फेसबुक मार्फत उनले जथाभावी अनावश्यक लेखीरहने पत्रकारलाइ पत्रकार महासंघले केही सोधपुछ गर्नु पर्दैन भनेर प्रश्न गरेका हुन ।
उनले पत्रकारलाई तस्कर सङ्ग सेटिङ्गमा रहने अनि प्रहरीलाई दोष लगाउने पत्रकारलाई के गर्ने भनेर प्रश्न उठाएका छन । उनले कुन पत्रकार लक्षित यो कुरा लेखेका हुन भन्ने बारेमा भने खुलाएका छैनन् ।‘बार्गेनिङका लागि नकारात्मक समाचार लेख्ने अनि पैसा बार्गेनिङ गर्ने पत्रकारलाई पत्रकार महासघले कार्वाही गर्ने कि सङ्गठन सदस्यका हिसाबले बचाउ गर्ने’ उनले लेखेका छन ‘अधिकास पत्रकार राम्रा हुदाहुदै केही बदमास, बदनाम र बार्गेनिङ गर्नेलाई पत्रकार महासघले निसेध गर्ने र कार्वाहीका लागि अग्रसर हुनु पर्छ ।’
उनले तथ्यपरक र निस्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई कसैले दुख दिए बसै एकजुट हुनेपर्ने बताएका छन । उनले महासंघले अर्काको चरित्र हत्या गर्ने, बार्गेनिङ्ग गर्ने, गलत काम गर्ने पत्रकारलाई संरक्षण गर्न नहुने बताएका छन । उनले लेखेका छन ‘पत्रकारको नाममा अर्काको चरित्र हत्या गर्ने, बार्गेनिङ्ग गर्ने, गलत काम गर्ने पत्रकार हु भनेर मर्यादा भुलेर समाचार लेख्नेलाई सङ्गठन सदस्यका नाममा पत्रकार महासंघले कार्वाही किन नगर्ने ? किन सरक्षण गर्ने ?’