धनगढी। कैलालीको धनगढीमा आज प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २५ औं अडिसन सम्पन्न भएको छ । धनगढी बजारको मेनरोडमा अवस्थीत त्रिनगर माध्यमिक विद्यालय मा आज आइडलको २५औं अडिसन सम्पन्न हो ।
अडिसनमा ७ जनाले गायन र ६ जनाले नृत्य गरि कूल १३ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुती पस्केका छन् । अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको थियो। अब यस हप्ताबाट पहाडी जिल्लामा पनि अडिसन आयोजना हुने भनिएकोमा आउँदो हप्ताबाट पहाडी जिल्लामा कार्यक्रम अगाढी बढ्नेछन् । पहिलो चरणमा अछामको साँफेबगरमा रहेको जनकल्याण माध्यमिक विद्यालय र बाजुराको मार्तडीमा रहेको मालिका नमूना माध्यमिक विद्यालयमा अडिसन आयोजना हुनेछन् ।
एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्। असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन्।
भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।