कैलाली। कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्। मंगलवार साँझ प्रहरी टोलीले वन मुद्दामा फरार रहेका कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय महेन्द्र देउवालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको हो। वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि देउवा फरार रहेका थिए। पक्राउ परेका देउवामाथी थप अनुसन्धान भैरहेको छ ।