कञ्चनपुर । कञ्चनपुरमा विभिन्न मुद्धामा फरार ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले कुटपिट घटनाका तिन महिलासहित ५ फरार प्रतिवादी, सरकारी छाप कीर्ते मुद्धाका ३ जना र लागुऔषध मुद्धाका १ गरि ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
जिल्ला अदालतबाट कुटपिट घटनामा कसुरदार ठहर भई हालसम्म फरार रहेका माला लखेरा कुटपिट, तरूण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा, संगिता लखेरालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिमल बोहरा, सुन्दर चलाउने र बिकास चलाउनेलाई सरकारी छाप कीर्ते मुद्धामा पक्राउ गरेको हो। यस्तै अनमोल शाहलाई लागुऔषध मुद्धामा पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। यी ९ जनालाई अदालतले जरीवाना तोकेको थियो। ९ जनालाई कञ्चनपुर अदालतमा पेश गरिएको डाँगीले बताए।



