कञ्चनपुर। कञ्चनपुरमा हाइसको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।


