धनगढी।नवजीवन अस्पताल प्रा.ली र गौरीगंगा नगरपालीकाको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शुक्रबार कैलालीको गौरीगंगा नगरपालीका स्थीत मसुरिया स्वास्थ्य चौकीमा १ सय ५५ जना बिरामीलाई निशुल्क बिशेषज्ञ चिकित्सकीय मार्फत चेकजाँच गरि सेवा प्रदान गरिएको हो।
एकदिन गरिएको निशुल्क बिशेषज्ञ चिकित्सकिय सेवाबाट १५ बर्ष तलका बालबालीका र १५ बर्ष माथीका पुरुष र महिला बिरामीले स्वास्थ्य लाभ लिएको नवजिवन अस्पताल प्रा.ली धनगढीका मार्केटिङ संयोजक राजु चौधरीले जानकारी दिए।चेकजाँचमा संलग्न बिशेषज्ञ चिकित्सक एम.बि.बि .एस,एम.डी बरिष्ठ नवजात तथा बाल रोग विषेशज्ञ डाक्टर सतिस कुमार शर्माद्धारा ८७ महिला र ६८ जना पुरुष बिरामीको निशुल्क चेकजाँच गरिएको हो ।
१५ बर्ष मुनिका ४६ पुरुष तथा ४४ महिला गरी ९० जना बिरामी र १५ बर्ष माथीका ४३ महिला तथा २२ पुरुष गरी ६५ जना बिरामीले स्वास्थ्य लाभ लिएको नवजिवन अस्पताल प्रा।ली धनगढीका मार्केटिङ संयोजक चौधरीले बताए। बिरामीले बिभिन्न भिडियो एक्सरे, प्रयोगशाला सेवा, इसिजीमार्फत सेवा प्रदान गरिएको मसुरिया स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक लाल प्रसाद पन्तले जानकारी दिएका छन्। बिरामीले स्वास्थ्य सेवा पाउँदा निकै खुसी भएको महसुस गरेका छन्। बालबालीका,महिला पुरुष बिरामीले आफ्नै घर नजिकै पाउँदा खुसी महसुस भएको भन्दै नवजीवन अस्पताल र गौरीगंगा नगरपालीकालाई धन्यवाद दिएका छन् । अस्पतालले यस अघि पनी त्यस क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।
नवजीवन अस्पताल धनगढी र गौरीगंगाको सहकार्यमा १५५ बिरामीको निशुल्क स्वास्थ्य चेकजाँच
नवजीवन अस्पताल धनगढी र गौरीगंगाको सहकार्यमा १५५ बिरामीको निशुल्क स्वास्थ्य चेकजाँच
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

