कैलाली। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादीले सुदूरपश्चिममा एउटा पदमा मात्रै उम्मेदवारी दिने भएको छ । तीन पद मध्ये महिला कलस्टरमा माओवादीलाई गठबन्धनमा भाग परेपछि उक्त पदमा माओवादीले रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी २०६४ को संविधान सभा सदस्य हुन् भने अहिले केन्द्रीय सदस्य छिन् । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । ती तीन पद मध्ये महिला तर्फबाट चन्द उम्मेदवार बन्ने टुङ्गो लागेको हो ।


