कैलाली। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले आफ्नो ‘भाइरल भिडियो काण्ड’ बारे सत्यता नभएको बताएका छन्। ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै उनले उक्त भिडियो अश्लील भनेर भ्रमित रुपमा सामाजिक सञ्जालमा प्रचार गरिएकाले भन्दै सत्यता नभएको बताएका हुन्।
भ्रमपुर्ण भिडियो भएकाले आम नागरिक सुभचिन्तक तथा आफन्त सबैमा बिश्वास नगर्न सबैमा उनले अनुरोध समेत गरेका छन्। पानीमाथिको ओभानो बन्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा उताबाट महिलाको अश्लील भिडियो देखाइएपछि आफुले फोन काटेको बताएका छन् । त्यसपछि १ लाख माग्दै ब्याकमेल गरेको तर आफुले रकम नदिएपछि भिडियो एडिट गरेर भाइरल गरेको शर्माले बताएका छन्। यस्तो छ ध्यानाकर्षण पत्र 


