धनगढी। धनगढीमा हेडवय एजुकेशन फाउन्डेशन सञ्चालनमा आएको छ। सुदुरपश्चिमका बिद्याथीहरुलाइ आफ्नै ठाउँमा स्वरोजगार बनाउने उदेश्यले एचएम र बिएचएम पढ्ने बिद्यार्थीलाइ मध्यनजर गरेर धनगढीमा हेडवय एजुकेसन फाउन्डेसन सञ्चालनमा आएको हो।
अब धनगढीबाटै कलेजहरूले विद्यार्थीहरूको व्यवहारिक सिकाइको लागि सम्झौता गर्न सक्ने भएका छन्। बुधबार धनगढीमा एक कार्यक्रम गरी हेडवय एजुकेशन उद्दघाटन गरिएको सञ्चालक अमन उखेडाले जानकारी दिए। धनगढीमा रहेका एचएम र बिएचएम पढ्ने बिद्यार्थीले ६ महिना र एक वर्ष इन्टानसिप बाहीर गर्नु पर्ने भएकाले ति बिद्याथीलाई बाहीर जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर आफ्नै ठाउ धनगढीमै इन्टासीप गर्ने उद्देश्यले आफूले हेडवय एजुकेशन सञ्चालमा ल्याएको सञ्चालक अमन उखेडाले बताए।
उनले आम बिद्यार्थीहरुको माग अनुसार धनगढीमा हेडवय एजुकेसन खोलिएको बताए। उनका अनुसार धनगढीमा एचएम र बिएचएम पढाउने करिब १२ कलेजहरू छन्। अब ती कलेजलाई धनगढीबाटै विद्यार्थीको रोजाइमा रहेको देश तथा विदेशका पाँच तारे होटेलमा सिक्ने मौका मिल्ने बताए । काठमाडौँ तथा बिदेश बसाइ महँगो हुने भएकाले होटेल म्यानेजमेन्ट पढेपनि कतिपय विद्यार्थी इन्टर्नसिप लिन नसक्ने र विभिन्न देशहरूमा जाँने बाध्यता हट्ने उनले बताए। कार्यक्रममा धनगढीमा रहेका बिभिन्न कलेजबाट शिक्षक, बिद्याथी अभिभावकको उपस्थिति रहेको थियो ।


