धनगढी। धनगढीमा बिपद जोखीम न्युनिकरण सम्बन्धी कृत्रिम घटना अभ्यास,खोज उद्धार तथा प्राथमिक उपचार तालिम गरिएको छ । मंगलबार धनगढी उप–महानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजना यूएनडीपी, युरोपीयन युनियन,युनीसेफ,यु एन ओमन,नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो अभ्यास गराइएको हो।
आगलागी तथा भुकम्प लगायतको विपद पुर्ब आवश्यक सुरक्षा सामाग्रीको तयारी, विपदका बेला सुरक्षीत स्थानको खोजी र विपद क्षेत्रबाट मानिसको खोज तथा उद्धार र प्राथमिक उपचारका बारेमा बारेमा कृत्रिम अभ्यास गराइएको हो। सिआरटि टोली मार्फत आगलागी तथा भुकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास गराइएको हो ।
नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत बिनोद लामिछानेले परियोजना अन्तीम चरणमा रहेकाले हालसम्म सिकाईएका बिपद न्युनिकरण सम्बन्धी बिभिन्न शिपमुलक तालिम तथा खोज उद्धार सम्बन्धी तालिम लिएका जनशक्ती मार्फत डेमो प्रर्दशन गरिएको बताए । तालिम तथा खोज उद्धार सम्बन्धी तालिमले सिकाई आदान प्रदान गर्न विपद आकस्मीक प्रतिकार्य टोलीलाई थप सहज हुने उल्लेख गरेका छन् । आज कार्यक्रममा विपद आकस्मीक प्रतिकार्य टोली सिआरटि समुह, नेपाल रेडक्रस सोसाइटी, नगरप्रहरी, स्थानिय तह तथा प्रदेश तहका प्रतिनिधीको सहभागीता रहेको थियो ।
सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रायलयको संयोजनमा धनगढीमा भएको कार्यशाला गोष्ठिमा सुपर परियोजना मार्फत भए गरेका बिभिन्न तालिम तथा खोज तथा उद्धार सम्बन्धी तालिम लिएकाहरुको सिकाई आदान प्रदान गरिएको जानकारी दिए। भुकम्प तथा आगलागीका बेला कसरी सुरक्षीत रहने र पुर्वतयारी तथा प्राथमिक उपचारबारे जानकारी दिइएको थियो । हिजो सोमबार पनी भुकम्प तथा आगलागीका बेला कसरी सुरक्षीत रहने र पुर्वतयारी तथा प्राथमिक उपचारबारे सात ओटै प्रदेशबाट संघ, प्रदेश तथा स्थानिय तह लगायतको सहभागीतामा कृत्रिम घटना अभ्यास गराइएको थियो । भिडियोसहित
https://www.facebook.com/shidhakurafansclub/videos/318993084373511


