कैलाली। कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–६ बिणाका ५८ वर्षीय बादुराम चौधरी सोमवार मृत अवस्थामा फेला परेका हुन्।
चौधरी आफ्नो घर नजिकै धाराको छेउमा पानी जमेको खाल्डोमा सोमवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


