धनगढी। धनगढी-५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा स्थानीय सरकार,सुशासन योजना तर्जुमा तथा विकास निर्माण विषयका बारेमा अन्तरक्रिया गरिएको छ।
चैतन्य पाठशालाको नियमीत अभियान चैतन्य सम्वादमा डोटीको बोग्टान गाउँपालिका अध्यक्ष कमल वहादुर गडसिलासँग विद्यार्थीकोहरुले सो विषयका बारेमा अन्तरक्रिया गरिएको हो।
गाउँपालिकाअध्यक्ष गडसिलासँग विद्यार्थीहरुलेस्थानीय सरकार,सुशासन,योजना तर्जुमा विकास निर्माण सामाजिक परिचालन आदि विषयका बारेमा छलफल भएको थियो। संविधान अनुसार निर्धारण गरेका पालिकाका क्षेत्र र अधिकारको अभ्यस गर्दै पलिकालाई समृद्ध बनाउन आफूले गरेको प्रयासहरू विद्यार्थीमाझ बोग्टान गाउँपालिका अध्यक्ष कमल वहादुर गडसिलाले आफ्नो धारणा राखेका थिए।


