धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट लागु औषध सेवन गरी अटो चलाउने चालक पक्राउ परेका छन्। शनिवार साढे २ बजे ट्राफिक प्रहरीले धनगढी वडा नम्बर २ स्थित भित्री सडक खण्डमा सवारी चेकिङका क्रममा १८ बर्षिय अटो चालक रोशन सिंह साँउदलाई पक्राउ गरेको हो।
सु.प.प्र.०१-००१ ह १९८२ नम्बरको अटोमा सिट क्षमता भन्दा बढी यात्रु राखि अटो चलाई रहेको अवस्थामा कञ्चनपुर पुनर्वास १० का साँउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका चालकको लागुऔषध परीक्षण किटको प्रयोग गरी स्वास्थ परीक्षण गर्दा लागु पदार्थ सेवन पोजेटिभ भेटिएको थियो। निज चालकलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ।


