कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालीका ९ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिवार सहकारी संस्थाका अध्यक्ष जय सिंह बिष्टको अध्यक्षता भएको १० औं बार्शिक साधारणसभाको प्रमुख अथिती कृष्णपुर नगरपालीकाका उपप्रमुख द्रोपती राना रहेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का रहेका थिए।
कृष्णपुर नगरपालीका ८स्थीत रैकवार बिचवामा रहेको सहकारीका १ हजार ७ सय ५५ सेयर सदस्य रहेका छन्। सहकारी संस्थाले लगानीलाई जोड पसु पालन कृर्षी तथा साना ब्यबशायलाई रिण लगानि दिदै आएको अध्यक्ष जय सिंह बिष्टले बताए। आवमा रिण लागानी ११ करोड ९९ हजार सात सय ६७ रुपैया छ। भने जसमध्ये आर्थिक बर्षमा नाफा ५९ लाख ५ हजार ६ सय बाईस रुपैया मुनाफा कमाएको छ।
सहकारी संस्थाको १० औं बार्शिक साधारणसभा कार्यक्रम सञ्चालन बिक्रम खड्का गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष इस्वरी खड्काले गरेकी थिइन। आर्थिक बर्षको लेखापरीक्षण प्रतिबेदन सहकारी कि प्रबन्धक हिरा बोहराले गरेकी थिइन्। बार्षिक साधारण सभामा बिशिस्ट अथिती,अथिती,विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षा कर्मी लगायतको उपस्थीती रहेको थियो।


