धनगढी। इजरायलमा हमास समूहको आक्रमणमा परी बेपत्ता बनाइएका बिपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन्। आज बिहान कैलालीको गेटा विमानस्थलमा कञ्चनपुरका बेपत्ता बिपिनका परिवारले प्रधानमन्त्री प्रचण्डलाइ भेटेका हुन्।
सुदुरपश्चिम महोत्सवको उदघाटन गर्न धनगढी आईपुगेका प्रधानमन्त्री प्रचण्डसंग उनीहरुले गेटा बिमानस्थलमा भेट गरेका हुन। भेटका क्रममा बिपिनका बुवा महानन्द जोशीले आफ्नो छोरा बिपिनलाई छिटो भन्दा छिटो रिहाईको पहल गरिदिन आग्रह गरे। साथै छिटो उद्धार गरिदिन आग्रह समेत गरेका थिए।
जबाबमा प्रधानमन्त्री प्रचण्डले सरकार जोशीको रिहाईकालागि लागि नै रहेको बताए। हामी पहल गरिरहेका छौँ । केहि सकारात्मक उपलब्धि हुन सक्छ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने । यस्मा विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए। प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सवको उदघाटन गर्न धनगढी आउने क्रममा जोशी परिवारले उनसंग भेटघाट गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपिन जोशी सम्पर्कविहीन भएका थिए। जोशी असोज २० गते हमासको आक्रमणमा परि बेपत्ता बनाइएका छन्।


