धनगढी : सुदूरपश्चिमका बिभिन्न पर्यटकिय क्षेत्रको भ्रमण गरी फर्किएका इटालियन नागरिक इलोनोराको धनगढी स्थित सारथी अस्पतालमा उपचार भइरहेको छ । खप्तडको भ्रमणबाट फर्केका इलोनोराको खुट्टामा समस्या आएपछि साथी अस्पतालमा उपचार गराइरहेका हुन् । अस्पतालका अनुसार हिँडाई र मौसम परिवर्तनका कारण छालामा समस्या देखिएपछि उपचारका लागी उनि सारथी अस्पताल पुगेका हुन् । उनलाई सहज वातावरणमा उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
धनगढी अस्पताल लाइनमा रहेको सारथी अस्पतालले बिगत ५ बर्षदेखी सबै किसिमको उपचार सेवा दिदै आएको छ ।


