धनगढी : प्राकृतिक मनोरम सहितको वातावरण भएको द नेचर हाउस रिसोर्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला अन्तराष्ट्रिय रगंशाला नजिकै द नेचर हाउस सञ्चालनमा आएको हो । धनगढीका ३ जना युवाहरुले हाउस सञ्चालनमा ल्याएका हुन् । आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले हाउसको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष ऐरले योगेन्द्र चन्द सहितका युवाहरुलाई ब्यवसायिक सफलताको सुभकामना दिएका छन् । धनगढीमै पहिलो प्राकृतिक मनोरम सहितको रिसोर्ट सञ्चालनमा ल्याएकोमा उनले धन्यवाद दिए ।
बजारको धुलो धुवाँ र आवाजले हैरान भएका ब्यक्तीहरुलाई एकछिन भएपनि प्राकृतिक वातावरण भएको द नेचर हाउसले आराम गर्ने मौका दिने सञ्चालकहरुको दावी छ । सञ्चालनक योगेन्द्र चन्दका अनुसार द नेचर हाउसमा प्राकृतिक ताल, त्यस संगै जोडिएको जगंल, मोहना नदी तथा रिसोर्ट भित्रको प्राकृतिक बनावटले मनोरम वातावरण बनाएको छ । हामीले बजारभन्दा अली टाढा शान्त अनी मनोरम प्राकृतिक वातावरण खोज्ने ग्राहकलाई लक्षित गरेर द नेचर हाउस सञ्चालन गरेका हौँ चन्दले भने “१० बिगाहा जमिनमा हामीले रिसोर्ट बनाएका छौँ, यसभित्र स्वूमिङ पुल छ, माछा पालन छ, आफैले माछा मारेर खान मिल्ने ब्यवस्था छ, लोकल कुखुरा आफैले छानेर खान मिल्ने वातावरण छ, ताल छेउमै बसेर प्रकृतीको मजा लिदै माछा अनी कुखुराको स्वाद चाख्न मिल्छ ।”

यति मात्रै होइन पारिवारिक वातावरण भएको द नेचर हाउस मा अन्य बिभिन्न परिकार हरु उपलब्ध हुने छन् उनले भने “हामीसंग लामो अनुभव भएका कुकहरु हुनुहुन्छ, रुखमुनी बसेर परिकारहरु खान पाइने छ, गर्मिमा चिसो हावासंगै कुखुराको स्वाद लिन र हिउँदमा आगो संगै माछाको स्वाद लिन सबैभन्दा उत्तम ठाउँ द नेचर हाउस नै हो ।” द नेचर हाउसको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका २ का अध्यक्ष धर्मराज ओझा, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का निबर्तमान अध्यक्ष बल बहादुर ऐर, वडा सदस्य यदु आचार्य, माया सिहं, नाटा सुदूरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्ट लगायतको सहभागिता थियो ।
धनगढी प्राकृतिक मनोरम सहितको वातावरण भएको द नेचर हाउस रिसोर्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला अन्तराष्ट्रिय रगंशाला नजिकै द नेचर हाउस सञ्चालनमा आएको हो । धनगढीका ३ जना युवाहरुले हाउस सञ्चालनमा ल्याएका हुन् । आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले हाउसको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष ऐरले योगेन्द्र चन्द सहितका युवाहरुलाई ब्यवसायिक सफलताको सुभकामना दिएका छन् । धनगढीमै पहिलो प्राकृतिक मनोरम सहितको रिसोर्ट सञ्चालनमा ल्याएकोमा उनले धन्यवाद दिए ।