धनगढी। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेश सरकारले विद्यार्थीका परिवारलाई दुई लाख रकम दिने भएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।
मुख्यमन्त्री शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरिनुका साथै प्रति परिवारलाइ रकम दिने जनाइएको छ ।इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको थियो । जस मध्ये ७ जना सुदूरपश्चिमका छन् ।



