धनगढी। लागुऔषधका क्याप्सुलसहित धनगढीमा दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-१२ ‘सी’ गाउँबाट सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा लागुऔषधसहित पक्राउ परेका हुन्।
आइतबार साँझ १ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।


