कैलाली। कैलालीमा लागु औषधसहित तिन जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर चोकबाट २४ मिलिग्राम लागुऔषधसहित तिन जना पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ।
प्रहरीले कैलालीको गोदावरी नगरपालिका-२ की सिता चौधरीलाई शुक्रवार राति पक्राउ गरेको हो।पक्राउ परेकी चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको नाम लिएपछि उनीहरुलाई पनी प्रहरीले पक्राउ गरेको छ। तर उनीहरु दुई जनाको नाम भने खुलाएको छैन्। उनीहरु तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


