बैतडी। बैतडीमा करेन्ट लागेर एक किशोर गम्भीर घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका-८ मल्लोढोलेका १६ वर्षीय चन्द्रसिंह बोहरा करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।
सुर्नया गाउँपालिका-८ को आलुगैरा भन्ने स्थानमा खोडपे-ढोल्यामोड-पुर्चौडीका लागि तानिएको थ्रीफेस विद्युत् लाइनको लत्रिएको तारबाट करेन्ट लागेर बोहरा घाइते भएका आफन्त भानबहादुर बोहराले जानकारी दिए।


