कैलाली। सुदुरपश्चिमका पहाडी जिल्लाबाट तराईमा ल्याउन लागीएको तरकारी ५ दिन देखी भीमदत्त राजमार्ग मै रोकिएको छ। कैलालीको भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका –४ बुढितोलामा गत सोमवार राति गोदावरी–बुढितोला सडकखण्ड पहिरोले सडक क्षत विक्षत भएपछि पहाडी क्षेत्रबाट आएको तरकारी त्यही थन्कीएको छ।
पहाडी क्षेत्रबाट गाडीमा राखेर आएको तरकारी कुहिएर काम नलाग्ने भएको किसानहरुले बताएका छन् । पहाडी क्षेत्रबाट गाडी ल्याइएको लाखौँको तरकारी सडक सुचारु नहूँदा गाडीभित्र तरकारी कुहिएको किसान नरेन्द्र साउँदले बताए ।सडक आवागमन बन्द भएपछि कतीपय तरकारी सडेर सडेर लाखौको क्षति भैसकेको छ उनले भने, पहडी जिल्लाबाट तरकारी बोकेर ल्याएका गाडीहरु बुढितोलामा रोकिएका छन् ।
पहाडबाट कैलाली कञ्चनपुर लगायत अन्य जिल्लाका लागि भनेर साग तरकारीले भरिएका ट्रकहरु अवरुद्ध वाटो नखुल्दा सवैखाले साग तरकारी सडि सकेको र आफुहरुले लाखौँको क्षति बेहर्नु परेको व्यापारीहरुको भनाई छ। सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्रयाक खोल्ने काम भईरहेकोे छ। तर साता दिन वित्नै लाग्दा समेत राजमार्ग सुचारु नहँुदा यातायात प्रभावित भई यात्रु तथा व्यापारी हैरान भएका छन्। विभिन्न कामले पहाडबाट तराईमा आउने नागरिकले एक घण्टाको उकालो ओरालो वाटो छिचोलेर वल्ल अर्कौ पट्टि पुगिरहेका छन्।
सुदुरपश्चिमका पहाडी जिल्लामा जाने एकमात्र राजमार्ग भएको र यसको कुनै बैकल्पिक बाटो नहँुदा आफुहरुले धेरै दुःख पाईरहेको भन्दै सरकारले वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने माग यात्रुहरुले गरेका छन् । मंगलवार विहानै देखि सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएका विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौल्दै गए पनि गोदावरी नगरपालिका –४ मा ठूलो पहिरो जाँदा ठाउँ ठाउँमा सडक भाँसिएको र चर्किएका कारण निर्वाध रुपमा सडक सुचारु गर्न अझै केही दिन लाग्ने र अहिले लाई एक तर्फि बाटो मात्रै खोल्न सकिने सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजनल ईन्जिनियर हरि प्रसाद सुबेदीले बताए । उनलेअहिले ३ वटा जेसिवि १ वटा लोडर तथा २ वटा स्काईभेटर लगाएर बाटो मा रहेको लेदो माटो हटाउने र सडक किनार ढुंगा भर्ने काम भइरहेको बताए । केही दिन यता पानी परिरहेकाले मौसममा सुधार आए ठूला गाडी गुड्न भने अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानएको छ ।
पहिरोका कारण गादावरी नगरपालिकामा–४मा ५ घरपरिवारका करिव २० जना विस्थापित भएका छन। उनिहरुको घर वारी सवै घर माथि वाट आएको पहिरोले क्षति ग्रस्त भएकोछ भने विस्थापितहरु छिमेकी कहाँ आश्रय लिएर वसिरहेका छन् । ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले यात्रुहरुलाई सहजताका जनशक्ति पठाएर पहाडी जिल्लाबाट आएका सवारी साधन सडक अवरूद्ध भएको ठाउँसम्म आएकालाई तराईवाट गएका सवारी साधनलाई पल्टी गरी यात्रु ओसार पसारमा सहजता गरीराखेको बताएका छन्।


