धनगढी। कैलालीका सडकमा छाडा छोडेर घाईते भएका पशुचौपायाको उपचार सेवा प्रदान गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालीका र अत्तरिया क्षेत्रमा छाडा छोडीएर बिभिन्न कारणले घाईते भएका ६५ बढी पशुचौपायाको उपचार गरिएको हो।
धनगढी उपमहानगरपालीका ३ गौशालाका उपाध्यक्ष यस्पाल अवस्थीले सडकमा छोडिएका अपांगता भएका पशुचौपायाको औषधी उपचार गरिएको जानकारी दिए। उनले सवारी साधनको ठक्करबाट, लडेर घाईते भएका, कुटपिटबाट घाईते बनेका, खुट्टा खिच्याउने र शरीरका बिभिन्न स्थानमा घाउ चोटपटक लागेका पशुचौपायाको उपचार गरिएको जानकारी दिए। उनले घाइते भएका गाईको जिल्ला भेट्नरि अस्पतालमा ओजेटी गर्नेहरुको विशेष सहयोग रहेको जानकारी दिदै धनगढी देखी अत्तरियाको तेघरी सम्मका पशुचौपायाको उपचार गरिएको बताए। ओजेटी गर्ने भाईबहिनीहरुलाई उनले धन्यवाद दिए ।
गौसालाका उपाध्यक्ष अबस्थीले कतीपय बाटोमा छोडेर घाइते भएका धेरै गाईलाई गौसालामा ल्याएर उपचार गरिएको छ भने, कतीपयको सडकमै। ती मध्ये कोही सन्चो भैसकेका र कोही सन्चो हुने अवस्थामा रहेका छन्। उनले सबैको साथ र सहयोग मिलेकोले संरक्षण र ब्यवस्थापन तथा उपचार लागीरहेको बताए। कतीपय घाईते अवस्थामा गाईहरु भेटिन्छन्,गाडीले ठक्कर दिएर दर्दनाक अवस्थामा भेटिन्छन्,सडकमै गएर औषधी उपचार गर्नुपर्छ, उनले भने, अपाङ्गता भएका पशुचौपायाको उद्धार पनी गर्न ग्राहो छ।
कहिले त अपाङ्गता भएका गाई ब्याएर उद्धार गर्न नै समस्या हुन्छ। हामीले थाहा पाएसम्म यी यस्ता पशुचौपायाको औषधीउपचार गर्दै आइरहेका छौँ, उनले भने। यस्तो अवस्थामा ब्यवस्थापनसँगै थप औषधीउपचारमा स्थानिय तथा प्रदेश सरकारको सहयोग पनी चाहिएको छ। धनगढी उपमहानगर ३ गौशालाका उपाध्यक्ष अवस्थी बिगत ९/१० बर्ष देखी निरन्तर पशुचौपाया व्यवस्थापनसँगै उपचारमा खटिदै आएका छन्। अवस्थीले घाईते अवस्थाका धेरै गाईहरुको उपचार गरी निको बनाइ सकेका छन्। धनगढी ३ को गौशालामा १ सय ८ गाई अटाउने क्षमता रहेकोमा अहिले ७० भन्दा बढी गाईको ब्यवस्थापन र संरक्षण गर्दै आएका छन्। गौशालामा निर्माण गर्न बिभिन्न ९० भन्दा बढी सहयोगीदाताले गौशालालाई मुठीदान गरेर सहयोग गरेका थिए। उक्त गौशालाबाट गाईको दुध, मुत्र र गोबरको व्यापार धुप उत्पादन गरिने र भबिश्यमा गौमुत्र प्रशोधन र गौकाष्ठ मेसीन सञ्चालनमा आउने बताइएको छ।

