धनगढी। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा करिब ७ महिना देखी मन्त्री भने नियुक्त हुन सकेको छैन्। पुस २७ देखि माघ २६ सम्म एक महिना मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेर माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले ७ महिनासम्म सरकारलाई पुर्णता दिन नसकेका हुन्।
तर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय करिब ७ महिना देखी मन्त्रीविहीन छ। यस्तै सुदुरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि सो मन्त्रालय पनी मन्त्री बिहीन बनेको छ । नागरिक उन्मुक्ती पाटी ती दुई मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने अडानमा रहेपनी मुख्यमन्त्री शाह भने आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसलाई नै राखेर नागरिक उन्मुक्तिलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमात्रै दिन तयार छन् ।
सोमबार त्यही एक मन्त्रालयमा पनि शपथ ग्रहणका लागि तयार भएका रामेश्वर चौधरीलाई मुख्यमन्त्रीले शपथ नगराएपछि पार्टीभित्रको किचलो बाहिर आएको हो । संसदीय दलले मन्त्रीमा सिफारिस गरेका रामेश्वर चौधरी पार्टीका केन्द्रीय सहसचिव हुन् । नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी पनि प्रदेश सभा सदस्य छन् । सरकारलाई पूर्णता दिन भन्दै मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रीहरु सहित आज काठमाण्डौं प्रस्थान गरेका छन् । सरकारलाई पूर्णता दिनका लागि केन्द्रीय स्तरमा सहमती जुटाउन मुख्यमन्त्री शाह मन्त्रीहरु सहित काठमाण्डौं गएका हुन् ।
यसअघि नै भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश देउवा र उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री रमेश धामी काठमाण्डौं पुगिसकेका थिए । थप मन्त्री सहित मुख्यमन्त्री शाह काठमाण्डौ गएका हुन् ।मुख्यमन्त्रीसँगै अर्थमन्त्री नरेश बहादुर शाही पनि काठमाडौँ गएका छन्। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पनि काठमाडौमै छन्। आज मुख्यमन्त्री र अर्थमन्त्री पनि काठमाडौँ पुगेपछि सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा विगत सात महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ । अहिले सम्म यस मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहले सम्हालेका छन् ।मुख्यमन्त्री सरकार विस्तार गर्न तयार भएपनि नागरिक उन्मुक्ति पार्टी भित्रैको विवादका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । यसैबीच शीर्ष नेताहरूसँग छलफल गरि चाँडै सरकारलाई पूर्णता दिने उद्देश्य सहित मुख्यमन्त्री शाह काठमाडौँ गएका हुन् ।
एक जना मन्त्रीले सरकार विस्तारसंगै अन्य विकासका मुद्दामा समेत काठमाण्डौंमा छलफल गर्न मुख्यमन्त्री शाह सहितका मन्त्रीहरु काठमाण्डौं आएको बताए ।सुदूरपश्चिम प्रदेशमा सोमबार नागरिक उन्मुक्ति पार्टी एक, मन्त्री र एक राज्य मन्त्रीसहित सरकारमा जान तयार भइसकेका थिए । तर, रेशम चौधरीले २ मन्त्रालय नभए सम्म सरकारमा सहभागी नहुने बताएपछि अन्तिममा सरकार विस्तार हुन सकेको थिए । अब काठमाडौँबाट फर्किए लगत्तै सरकार विस्तार हुने दाबी गरिएको छ ।
‘कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग हामीले २ मन्त्रालय पाउने सहमति भइसकेको छ त्यसैले २ मन्त्रालय नभए सम्म हामी सरकारमा सहभागी नहुने कुरा हो ’ नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रीय सहमति अनुसार सुदूरपश्चिममा सरकार विस्तार हुन्छ भन्नेमा हामी विश्वस्त रहेको बताए । यता मुख्यमन्त्री शाह भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसलाई नै राखेर नागरिक उन्मुक्तिलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्रै दिन तयार भइरहेका छन् । दुबै मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई दिएर सरकारमा सहभागी गराउने वा एउटा मन्त्रालयमा मनाउने भन्ने बिषयमा शीर्ष नेताहरू बिच छलफल हुने जनाइएको छ ।


