कैलाली। कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारबाट लागुऔषध सहित २ व्यापारी पक्राउ परेका छन। बिहिबार लागु औषध सहित स्याउले बजारबाट चम्फा ट्याक्टरको पाटपुर्जाको पसल संचालक गरेका धनगढी उपमहानगरपालिका-५ हसनपुर का ३२ बर्षीय सरद चौधरी र जेयसके फेन्सी स्टोर पसल संचालका मधुसुदन पन्त पक्राउ परेका हुन।
पक्राउ परेका चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी गणेश बरालले बताएका छन ।


