कञ्चनपुर। कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । आईतबार कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ११ बासखेडा नहर किनारामा परिचय नखुलेका एक जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नामथर ठेगाना नखुलेको उचाई ५.५ ईन्च, माथिल्लो शरीरमा रातो रंगको सर्ट तल्लो शरीरमा निलो कट्टु लगाएको अन्दाजी ४६ बर्षीय पुरुषको बेबारीसे अवस्थामा शव फेला परेको हो।
मृतकको शवको जाँच मुचुल्काको कार्य सम्पन्न गरी उक्त शव महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। निजको पहिचान गर्न घर परिवार तथा आफन्तजनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सम्पर्क राख्न अनुरोध गरिएको छ।


