दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन। शैल्यशिखर नगरपालिका – ३ कर्कले भन्ने स्थानमा भएको जीप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका हुन ।
घाइते मध्ये चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका- ८ पस्तीका ३४ बर्षीय मानसिंह टमाटाको अवस्था गम्भिर रहेको छ । उनको टाउको चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन।
यस्तै दुर्घटनामा परी घाइते भएका शैल्यशिखर नगरपालिका २ का ३० बर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका ३ का २८ बर्षीय दिपक लुहार रहेका छन । उनीहरुको अवस्था मध्यम रहेको उनले बताए । घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गण्न्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जीप शनिबार साँझ साढेसात बजेतिर दुर्घटनामा परेको थियो। जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।