कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले वान्ता गराएर एक लागुऔषध निकालेको छ। शुक्रबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा सडकघाटमा शुक्लाफाँटा नगरपालिका-७ का २७ वर्षीय भरत सिंहले प्लाष्टिकको पोको बनाई निलेको ३ ग्राम ४ सय ७० ग्राम ब्राउनसुगर वान्ता गराएर वरामद गरेको हो।
भारतबाट नेपाल तर्फ आईरहेको सिंहले चलाइरहेको सुपप्र ०२००३ प ७९७८ नम्बरको मोटरसाईकल तथा पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ कै ३० वर्षीय नरेन्द्र ठगुन्नालाई खानतलासी गर्दा सिंहले ब्राउनसुगर निलेको खुल्न आएको प्रहरीले जनाएको छ । सिँहले निलेको दुई ओटा प्लाष्टिकको पोका ३ ग्राम ४७ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बान्ता गराएर निकालेको प्रहरीले जनाएको छ। लागुऔषधसहित मोटरसाईकल र सहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसनधान भइरहेको बताइएको छ।


