धनगढी : बैतडी दार्चुला एकता समाज गेटाको अध्यक्षमा मोहन देव पन्त चयन भएका छन् । समाजको उपाध्यक्षमा मिना कठायत, कोषाध्यक्षमा गणेस बहादूर कुँवर, सचिवमा अमर बिष्ट, सह सचिवमा खगेन्द्र बहादूर कार्की चयन भएका छन् । समाजको छैटौँ साधारणसभाबाट सदस्यहरुमा प्रताप सिहं बोहरा, बिर बहादूर बिष्ट र धन सिहं बोहरा चयन भएका छन् ।
सनिबार गेटामा आयोजित साधारणसभाबाट सल्लाहकार संयोजकमा मान बहादूर बिष्ट, सदस्यमा लोक बहादूर बिष्ट र जित बहादूर बोहरा चयन भएका हुन् । यस्तै लेखा समिति संयोजकमा भुवन कुँवर तथा सदस्यहरुमा रतन बिष्ट र लक्ष्मण कार्की चयन भएका छन् । २०७४ सालमा स्थापना भएको समाजले आफ्नो संस्कृती संरक्षणका साथै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।


