धनगढी। धनगढीमा विपद प्रतिकार्य टोली, जनप्रतिनिधी र सञ्चारकर्मी बिच अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ। सुपर परियोजना लागूभएका डडेल्धुरा,बझाङ्ग र कैलालीका वडाका विपद प्रतिकार्य टोलीको अनुभवसहित जनप्रतिनिधी बिच अन्तरक्रिया तथा छलफल गरिएको हो।
परियोजनाले भुकम्प, आगलागी, बाढीपहिरो, हावाहुरी, चट्ट्याङ, सडक दुर्घटनालगायत विपद जोखीम न्युनिकरण सम्बन्धी आकस्मीक प्रतिकार्य टोलीलाई अभ्यास तथा तालिम दिदै आएको छ। अभ्यास तथा तालिम लिइसकेका प्रतिकार्य टोलीले विपद पुर्व तयारी, जोखीम,सुरक्षा सम्बन्धी ब्यवहारिक ज्ञान हाँसिल गरेको अनुभब सुनाएका हुन्।
सोही अनुभब आफु हरुले ब्यवहारमा उतार्ने र सिकेको सिप घरपरिवारसहित समाजमा उपयोगी बनाउने बताएका छन् । सुपर परियोजना लागूभएका डडेल्धुराको अमरगढी नगरपालीका, बझाङ्गको जयपृथ्वी नगरपालीका र कैलालीको धनगढीका जनप्रतिनिधीहरुले विपद जोखीम न्युनिकारणमा आफ्नो तर्फबाट हुने सक्दा पहल गर्ने बताएका छन्।
जनप्रतिनिधीहरुले सुपर परियोजनासँग थप समन्वय गरेर परियोजना लागू नभएका वडाहरुमा कार्यक्रम बिस्तार गरी सिप, तालिमहरु प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य सरस्वती खड्काले सुपर परियोजनाले प्रदान गरेको विपद प्रतिकार्य अभ्यास तथा तालिम कार्यक्रम निकै उपयोगी रहेको भन्दै खुसी ब्यक्त गरिन्। उनले महिलाहरुका लागी तालिम झन् आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेटमा समेट्ने बिश्वास दिलाईन्।
उनले ९ वटै जिल्लामा विपदको जोखीम बढी भएको नक्सांकनगर्ने, हरेक वडामा दक्ष जनशक्ति र बिपद सम्बन्धि ज्ञान र क्षमता बृद्र्धि गराउने, बिपद सम्बन्धि कानुन बनाउने, कानुन बनाइसकेपछि बजेट बिनियोजित गर्ने बताइन् । यस्तै बिपद जोखीम न्युनिकारणमा प्रदेश सरकारले दातृनिकाय जस्तै सुपरपरियोजना र रेडक्रस लगायत सञ्चारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । सुदुरपश्चिमका डडेल्धुराको अमरगढी नगपालीका, बझाङ्गको जयपृथ्वी नगरपालीका,धनगढी उपमहानगरपालीकाका विपद प्रतिकार्य समुहहरुको उपस्थीती रहेको थियो।



