धनगढी। कैलाली र कञ्चनपुरका बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट गोदावरी नगरपालिका-८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई ७५ मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। आइतबार राति ७ सय मिलिग्राम लागुऔषधसहित ४६ वर्षीय ऋषि राम कँडेल पक्राउ परेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागुऔषध फेला पारेपछि पक्राउ गरिएको हो।पक्राउ परेका माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


