धनगढी। पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।
नागरिक अभिनन्दन मूल समारोह समितिले रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम सुरक्षाको कारण राजपरिवारको सुदूरपश्चिम स्थगित भएको जनाएको छ।
यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अनुमान गरिएको छ। आयोजकले भने सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।


