अछाम। अछाम मंगलसैनका एक जना पुरुष भारतमा मृत फेला परेका छन्। अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन्।भारतमा रहेकी पत्रकार ललिता मालती विश्वकर्माका अनुसार गोपाल नाथ भारतको हरियाणा राज्यको रोहतक सहरमा चौकीदारको काम काम गर्दै आएका थिए।
सोही ठाउँ नजिक नालीमा फ्याकेको अवस्थामा उनी मृत फेला परेको मृतकका आफन्तले बताएका छन्। मृतकका आफन्तका अनुसार उनको हत्या भएको हो। मृतकका आफन्तले व्यापारीहरुले नाथको हत्या गरेको आरोप लगाएका छन्। उनको शव नालामा फेला परेको थियो। हरियणा प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।

