काठमाण्डौँ । मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । आज कलेजको सभा हलमा आयोजित सञ्चार अध्ययन केन्द्र (सीएससी)द्वारा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो ।
कार्यक्रममा विभिन्न तहका विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले पछिल्लो समयको नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झल्काउने ‘स्वतंत्रता हुंकार’ नाटक प्रस्तुत गरेका थिए । नाटकमा नेपालको समसामयिक राजनीतिक अवस्था र पत्रकारमाथि हुने ज्यादती र हस्तक्षेपलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, नाटकले पत्रकारहरूले गर्दा समाज परिवर्तन हने हुँदा, सञ्चारकर्मीले पनि सच्चिनुपर्ने सन्देश दिएको छ । छिटो समाचार दिने चटारो र प्रसंसा कमाउने लोभमा गलत सूचना प्रवाह गर्नु पत्रकारहरूको कमजोरी रहेको नाटकमार्फत व्यङ्ग्यात्मक रूपमा देखाइएको छ ।उक्त नाटक विद्यार्थी दृष्टि श्रेष्ठले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेल र दया दूधराजले निर्देशन गरेको सञ्चार अध्ययन केन्द्रका सदस्य निराजन खड्काले जानकारी दिए ।
सदस्य खड्काका अनुसार नाटकको पात्रहरूमा आस्मा सेन्चुरी, क्रितिका सुवेदी, नीरज देवकोटा, रामकृष्ण भट्ट, ईश्वर गौतम थिए । र नाटकको कथाकारको भूमिका प्रकृति थापाले निर्वाह गरेकी थिइन् । सञ्चार अध्ययन केन्द्र (सीएससी)का अध्यक्षको दया दुदराजले नेपालमा पछिल्लो समय समाजसेवाको आडमा अवेध ठगि हुने गरेको घटना बढ्दो छ, त्यसलाई मध्यनजर गर्दै नाटक मार्फत जनचेतना फैल्याउने जमर्को गरेका बताए।
त्यस्तै नेपालमा पत्रकारिता माथिको राजनीतिक हस्तक्षप पनि रहेको कुरालाई कोट्याउने जमर्को गरेको उनको भनाई छ । आगामी दिनमा यस्तै कार्यक्रम जनचेतना कार्यक्रम गर्दैजाने अध्यक्षले बताएका छन्। कार्यक्रममा विद्यालयका प्रमुख अतिथि क्याम्पस प्रमुख रमेश चन्द्र पौडेल,अतिथि सहायक क्याम्पस प्रमुख, कमल न्यौपाने, अतिथी , स्कुल आफ लिबरल आट्सका पत्रकारिता प्रमुख रघु मैनालि, अतिथि पत्रकारिताका शिक्षक रविराज बरालक रहेका थिए । कार्यक्रमकाको प्रमुख अथिति पौडेलले कार्यक्रम समापन गरेका थिए । भने कार्यक्रमको सञ्चालन सीएससी सदस्य युवराज खत्रीले गरेका थिए।


