बैतडी। बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटमा दरबन्दी अनुसारका कर्मचारी नभएको पाइएको छ । उक्त भन्सार कार्यालयमा ११ जनाको दरबन्दी रहेकोमा हाल ५ जना मात्रै कर्मचारी कार्यरत रहेका पाइएका छन्।
भारत संग सीमा जोडिएको भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको छ। भन्सार कार्यालय जस्तो महत्वपूर्ण अड्डामा कर्मचारी नहुँदा समस्या हुने गुनासो बढेको छ ।
कार्यालय प्रमुख अनलि कुमार झाले खरिदार र नायब सुब्बा २,२ जना,लेखापाल र कम्प्युटर अपरेटर १, १ जना र ५ जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा हाल एक जना कार्यालय प्रमुख, लेखापाल र तिन जना कार्यालय सहयोगी मात्रै कार्यरत रहेका बताए ।


