धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले उद्यमशीलता र स्वरोजगार विषयमा बिद्यार्थीहरुसँग बहस कार्यक्रम गराएको छ। चैतन्य पाठशालाको नियमीत अभियान चैतन्य संवाद अन्तरगत पाठशालाले आज उद्योग ब्यवसायीको अनुभवलाई समेट्दै बिद्यार्थीहरुलाई उद्यमशीलता र स्वरोजगार विषयमा बहस कार्यक्रमको आयोजना गरेको हो।
बिद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्र्दै आएको पाठशालाले समय-समयमा बिभिन्न मोटिभेसनल र जागरुताका कार्यक्रम गर्दै आएको छ । सोही मान्यतालाई आत्मसाथ गर्दै आज कार्यक्रममा विद्यार्थी हरुले व्यवसाय,उद्यमशीलता र स्वरोजगार सम्बन्धी राखेका जिज्ञाशा हरुको बारेमा प्रस्ट पारिएको बिद्यालयका सहायक प्रधानाध्यापक कटक सिँहले बताए। विशेष वक्ता कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एबम् बिशेष ग्रुप एण्ड इन्डष्ट्रिजका अध्यक्ष पुष्कर राज ओझाले आफ्ना व्यवसायिक जीवनका अनुभव र उद्यमशीलताका विभिन्न आयाम र यसका सम्भावना सहित विद्यार्थी हरुलाई प्रेरित गरेका थिए।
सफल युवा व्यवसायी ओझाले बिद्यार्थीहरुलाई शिक्षासँगै मौलिककला, शिप तथा उद्यमशीतामा पनी लाग्न सुझाएका थिए । शिप तथा उद्यमशीताले बिद्यार्थीहरुलाई शिक्षित उधमशिलता, स्वरोजगार, युवा उत्प्रेरणा र समाज सेवाको क्षेत्र क्षत्रेमा टेवा पुग्ने बिस्वास ब्यक्त गरेका छन्। कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष एवं चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले युवा उद्यमी पुष्कर राज ओझालाई स्वरोजगार र उद्यमशीलताका बारेमा बिद्यार्थीलाई जानकारी प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत जोशीले युवा उद्यमी ओझालाई स्वरोजगार र उद्यमशीलताको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै विद्यालयको तर्फबाट सम्मान प्रदान गरेका थिए। उद्यमशीलता र स्वरोजगार विषयको बहस कार्यक्रममा १५० भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

https://www.facebook.com/ChaitanyaPathashalaDhangadhi


