कञ्चनपुर। कञ्चनपुरबाट एक पुरुष बेपत्ता भएका छन्। डोटीको आदर्श गाउँपालिका – २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरीफाटामा बस्दै आएका ३८ बर्षीय भोजराज ओझा बेपत्ता भएका हुन । बुधबार बिहान ५ बजे अत्तरिया बजारबाट फलफल लिएर आउन्छु भनेर घरबाट निस्किएका ओझा हालसम्म पनि बेपत्ता रहेका छन।
कहिकतै खोज्दा पनी अहिलेसम्म फेला नपरेको उनका भाई दिपक राज ओझाले बताए। उनले दिउँसो सम्म पनि घर नफर्किएपछि खोजिका लागि प्रहरीमा पनि खबर गरेको बताए। उनको मोबाइल पनि स्वच अफ रहेको दिपकले बताए। उनले कहि कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८६२४९१६४८ मा खबर गरिदिन आग्रह गरेको बताएका छन्।


