धनगढी । कैलालीमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–५ पथरैयाका ७५ वर्षीय चन्द्र कामी मृत अवस्थामा फेला परेका हुन्।
उनी जनकी गाउँपालिका–२ फरेण्डास्थित सुक्खा नालामा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


