कैलाली। कैलालीको लम्कीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध (खैरो हेरोईन) सहित सोही ठाँउका २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओलि पक्राउ परेका हुन्।
लम्की प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले बेचबिखन तथा सेवन भई रहेको भन्ने गोप्य सुचनाको आधारमाउनीहरुलाई पक्राउ गरेको हो। शमिरले लगाएको कालो रङको जिन्सको पाइन्ट अगाडिको खल्तीबाट प्लाष्टिकको झिल्लीमा पोका पारेको १ थान प्लाष्टिक सहित २ ग्राम ३ सय ४० मिलिग्राम लागु औषध (खैरो हेरोईन)फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरिक्षक शंकर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई मंगलवार अपरान्ह ४ः३० बजे पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


