धनगढी। नेकपा एमाले सचिब तथा सुदुरपश्चिम इञ्चार्ज लेखराज भट्टलाई एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सिस्नु लगाएका छन् । नेकपा एमाले सुदुरपश्चिम कमिटीले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष पौडेलले सिस्नु लगाएका हुन्।
सुदुरपश्चिम प्रदेशमा नयाँ बर्षमा मौलिक पर्व बिंशु पनि मनाइने गरिएको छ।आज देखी बिक्रम संबत २०८० साल सुरु भएको छ । नेकपा एमाले सुदुरपश्चिम कमिटीले २०८० सालको अबसरमा धनगढीमा शुभकामना आदानप्रदान गरेको हो। प्रदेश कमिटीका अध्यक्ष दामोदर भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका उपाध्यक्ष बिष्णु पौडेल रहेका थिए।
सोही अबसरमा सुदुरपश्चिम प्रदेश को मौलिक पर्व बिंशु पनि मनाउँदै प्रमुख अतिथि पौडेलले पार्टी सचिब लेखराज भट्टलाई सिस्नु लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। त्यसपछि सबै नेताहरुले एक अर्कालाई सिस्नु लाउँदै शुभकामना आदानप्रदान गरेका हुन। यस्तै कार्यक्रममा पा पार्टी स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटबुरो सदस्य राजेन्द्र सिँ रावल, नारद मुनि राना, निरु पाल, लिला भन्डारी लगायतका अगुवा नेता कार्यकर्ता को सहभागिता रहेको थियो। पार्टी भित्रका असमझदारी गुट्बन्दी नगर्न प्रेरणा दिन सिस्नु लगाएर सांकेतिक कार्यक्रम गरिएको पार्टी सचिब लेखराज भट्टले बताए। उनका अनुसार अब आज कै दिन देखि पार्टी भित्र गुटबन्दी नगर्न सबैलाई प्रेरित गरिएको हो।


